काभ्रेको रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंह जाने क्रममा यात्रुबाहक बस खोलामा फसेको छ ।
थानसिंह जाने भित्री सडकखण्डस्थित खरिबोटमा यात्रुबाहक बस खोला तर्ने क्रममा बीचमा फसेको हो ।

बस फसेको सूचना पाएपछि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेश भकुण्डेबेशीबाट सशस्त्रका असई समुन बुढाथोकीको कमाण्डमा १० जनाको विपद् व्यवस्थापन टिम परिचालन भएको थियो ।
यात्रुलाई सुरक्षित स्थानमा सारिएको र कुनै मानवीय क्षति नभएको बताइएको छ ।





